कैलालीमा बाघको आक्रमणबाट ४० वर्षीय कृष्ण चौधरीको मृत्यु, च्याउ टिप्न गएका थिए जंगल

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

बिहीबार बिहान च्याउ टिप्न जंगल गएका गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने करिब ३८/४० वर्षीय कृष्ण चौधरीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्रहरीका अनुसार बिहान करिब ५ बजे च्याउ टिप्ने क्रममा चौधरीमाथि बाघले आक्रमण गरेको थियो। घटनाबारे बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो।

जानकारी पाएलगत्तै प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान ८ः४५ बजे घटनास्थलमा पुगेको जनाइएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्ने प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। वन क्षेत्रमा बाघको गतिविधि देखिन थालेपछि स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.