
डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकामा सर्पदंशबाट एक १७ वर्षीया बालिकाको मृत्यु भएको छ।
परशुराम नगरपालिका–१२ आम्पानीकी १७ वर्षीया शिक्षा दमाईको सर्पदंशबाट मृत्यु भएको हो।


इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार शिक्षा महिनावारी भएको समयमा आफ्नै कच्ची घरको कोठाको भुइँमा सुतिरहेकी थिइन्। सोही क्रममा सर्पले उनको बायाँ हातको माझी औँलामा टोकेको थियो।
सर्पले टोकेपछि उनलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा आइतबार राती ९ बजे उनको मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए।
मृतक शिक्षा भागेश्वर नमुना माध्यमिक विद्यालय, कटालमा कृषि जेटिए अध्ययनरत थिइन्।
कच्ची घरमा भुइँमै सुतिरहेका बेला सर्पदंश भएपछि उपचारका लागि अस्पताल पुर्याइए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ



