डोटीको गैरामा ट्र्याक्टर दुर्घटना हुँदा नौ जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः डोटीको जोरायल गाउँपालिका–१ गैरामा ट्र्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। आज बिहान गैरा बजारबाट मेलखर्कतर्फ कामदार बोकेर जाँदै गरेको सुपप्र ०१–००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १२० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Dadeldhura Hospital

दुर्घटनामा जोरायल–१ चपरचानीका ३३ वर्षीय अमर सिजाली मगर, ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर, १८ वर्षीय बिवस थापा मगर, ५२ वर्षीय जितबहादुर विक, ३२ वर्षीय रुपलाल विक, ३२ वर्षीया अनिषा विक, ३५ वर्षीय हर्कबहादुर थापा मगर र तीन वर्षीया करिश्मा विक घाइते भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घाइतेमध्ये अनिषा विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। हर्कबहादुर थापाको अवस्था मध्यम छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। ट्र्याक्टर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगर भने दुर्घटनापछि फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.