महाकालीमा झोलुङ्गे पुल भत्किएपछि सञ्चार सेवा जोड्न खटिएका सशस्त्र प्रहरी बेपत्ता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनका लागि नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक महाकाली नदीमा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु रहेका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

केही दिनअघि महाकाली नदीमाथिको झोलुङ्गे पुल भत्किएपछि नेपाल टेलिकमको तारसमेत चुडिएको थियो । तार चुडिएसँगै दोधारा चाँदनी क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले तार तान्ने काम भइरहेका बेला थारु नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बेपत्ता असई थारुको खोजी भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.