आलितालमा बजार व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा सहकारीका सदस्यहरूलाई बजार व्यवस्थापनसम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम सुरु भएको छ।

ए डब्लु ओ इन्टरनेशनलको आर्थिक सहयोग तथा निड्स नेपालको सहकार्यमा सञ्चालित ‘सम्मानित युवा श्रम आप्रवासन तथा सुदृढ जीविकोपार्जन परियोजना’ अन्तर्गत तालिम आयोजना गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

परियोजना संयोजक शैलेन्द्र जोशीका अनुसार आलिताल गाउँपालिका–१ मा रहेको हरियाली बहुउद्देश्यीय कृषि सहकारी संस्थाका १० जना र वडा नं. ८ मा रहेको चेतना साना किसान कृषि सहकारी संस्थाका २० जना गरी ३० जना सदस्य तालिममा सहभागी छन्। मंगलबार, असोज २७ गतेदेखि सुरु भएको तालिम असोज २९ गतेसम्म सञ्चालन हुनेछ।

तालिममा स्थानीय उत्पादनको बजार पहिचान, बजारको माग विश्लेषण, मूल्य निर्धारण, बजारीकरण, सामूहिक बजारीकरण तथा बजारसँग समन्वय विस्तार गर्नेलगायतका विषयमा प्रशिक्षण दिइनेछ। यसका साथै उत्पादनको गुणस्तर सुधार, प्याकेजिङ, लेबलिङ, व्यवसाय व्यवस्थापन र बिक्री प्रवर्द्धनसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिने संयोजक जोशीले बताए।

Dadeldhura Hospital

विशेषगरी आप्रवासी परिवार तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको आयआर्जनका अवसर वृद्धि गरी दिगो जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको उनले जानकारी दिए।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले नागरिकको जीवनस्तर सुधारसँग जोडिएका यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। उनले संस्थाले सञ्चालन गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले निरन्तर सहकार्य र हातेमालो गर्ने प्रतिबद्धता जनाए। निड्स नेपालका कार्यक्रम उपलब्धिमूलक रहेको उल्लेख गर्दै अध्यक्ष पार्कीले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावलले संस्थाले सञ्चालन गरेका कार्यक्रम समयसापेक्ष र स्थानीयको आवश्यकतासँग जोडिएका रहेको बताइन्। उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अवसरको सही सदुपयोग गर्न सहभागीलाई आग्रह गर्दै त्यसो गर्न सकेमा मात्र कार्यक्रमको उद्देश्य हासिल हुने धारणा व्यक्त गरिन्।

निड्स नेपालले आलिताल गाउँपालिकासँगको साझेदारीमा विभिन्न वडामा मौरीपालन, बाख्रापालनलगायतका उद्यमलाई प्रोत्साहन गर्न सम्भावित पकेट क्षेत्र निर्माण तथा विस्तारका कार्यक्रम अघि बढाइरहेको छ। आवश्यकताको पहिचान र सम्भाव्यता अध्ययनका आधारमा स्थानीयलाई उद्यमशील बनाउने र उनीहरूको आयआर्जन वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ परियोजना सञ्चालन भइरहेको संयोजक जोशीले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.