भिरबाट लडेर बझाङको बुंगल– ७ का वडाध्यक्ष जोशीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बझाङ : भिरबाट लडेर बझाङको बुंगल नगरपालिका– ७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ । शुक्रबार दिउँसो गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएका ५० वर्षीय जोशीको भिरबाट लडेर मृत्यु भएको हो ।
भिरबाट लडेर चट्टानमा बजारिएका जोशी गम्भीर घाइते भएका थिए । उनको उद्धारको तयारी गर्दागर्दै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भिरबाट लडेर गम्भीर घाइते भएका जोशीको उद्धारका लागि आवश्यक पहल भइरहेको थियो ।
उनलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी गरिए पनि हेलिकोप्टर उड्नुअघि नै मृत्यु भएको आफन्त रामचन्द्र जोशीले बताए । उनका अनुसार भिरबाट लडेर चट्टानमा बजारिएपछि जोशीको कानबाट रगत बगेको थियो ।
जोशी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए । उनी दुई कार्यकाल वडा अध्यक्ष बनेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.