रोजगारीका लागि भारत जाँदै गरेका आलितालका तीन जनाको सडक दुर्घटनामा मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ।
शनिबार बिहान शिमला जिल्लाको रोहडु उपमण्डलअन्तर्गत नावर क्षेत्रको टिक्कर तहसीलस्थित दरोटी गाउँनजिक भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

Dadeldhura Hospital

दुर्घटनामा आलिताल गाउँपालिका–६ भौनाकी मिना महरा, उनकी सानी छोरी र सोही ठाउँका भक्त धामीकी छोरी निर्मला धामीको मृत्यु भएको जनाइएको छ। उनीहरू रोजगारीका लागि भारतको शिमला जाने क्रममा दुर्घटनामा परेको बताइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दरोटी गाउँका कुशल र उनकी आमा कल्पना देवीसहित तीन नेपाली नागरिक छन्। दुर्घटनामा एक नेपाली नागरिक गम्भीर घाइते भएका छन्। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि आईजीएमसी शिमला पठाइएको छ।

दुर्घटनाबारे सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.