श्रीमती र छोरी गुमाएका प्रेम बोहराको उपचारका लागि आर्थिक सहयोगको अपिल

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा श्रीमती र छोरी गुमाएका कैलालीका प्रेमबहादुर बोहरा अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर हुँदा उनको उपचारमा समस्या भइरहेको भन्दै आफन्तले आर्थिक सहयोगको अपिल गरेका छन्।

डडेल्धुराको आलिताल गाउँपालिका–६ भौना माइती भएका २६ वर्षीय प्रेमबहादुर बोहराको स्थायी घर चुरे गाउँपालिका–६ गाइलीखोला हो। उनी चार महिनाअघि परिवारसहित भारतको शिमला पुगेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शनिबार बिहान शिमला जिल्लाको रोहडु उपमण्डलअन्तर्गत नावर क्षेत्रको टिक्कर तहसीलस्थित दरोटी गाउँनजिक मालिकको कार दुर्घटना हुँदा प्रेमबहादुरले २२ वर्षीया श्रीमती मीना बोहरा र ६ वर्षीया छोरी रोशनी बोहरालाई गुमाएका छन्। आफन्तका अनुसार अहिले आमा र छोरीको लास व्यवस्थापन गर्न आफन्त यताबाट हिडेका छन् ।

उक्त दुर्घटनामा भक्त धामीकी छोरी निर्मला धामी, कार चालक कुशल र उनकी आमा कल्पना देवीको समेत मृत्यु भएको जनाइएको छ।

आफन्तका अनुसार मालिकको छोराले चलाएको कारमा काममा जाने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका प्रेमबहादुरको अहिले शिमलास्थित एक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था निकै नाजुक रहेको र उपचारका लागि ठूलो रकम आवश्यक पर्ने बताइएको छ। प्रेमको अहिले सम्म होस खुलेको छैन ।

Dadeldhura Hospital

श्रीमती र छोरी गुमाएका प्रेमबहादुरको घरमा आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिन भइरहेको आफन्तले बताएका छन्। उनको जीवन बचाउन नेपाल र भारतमा रहेका आफन्त तथा शुभेच्छुकले आर्थिक सहयोग अभियान सञ्चालन गरेका छन्।

आफन्तले प्रेमबहादुरको उपचारका लागि देश तथा विदेशमा रहेका नेपाली, संघसंस्था र सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।

आर्थिक सहयोगका लागि
भारत
आफन्त तिलक कार्की

नेपाल
छिमेकी मानबहादुर थापामगर

प्रेमबहादुरको उपचारमा सहयोग गरी उनको जीवन बचाउने अभियानमा साथ दिन सबैमा अनुरोध गरिएको छ। सहयोग गर्न नसक्नेहरूले पनि यो अपिललाई धेरैभन्दा धेरै मानिससम्म पुर्‍याएर सहयोग गरिदिन आग्रह गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.