परशुराम र आलितालका बजारमा प्रशासनको निगरानी, म्याद गुज्रिएका सामान नष्ट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको परशुराम र आलिताल क्षेत्रमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ। दशैँ–तिहारलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डडेल्धुराको संयुक्त टोलीले शनिबार परशुरामको जोगबुडा र आइतबार आलितालका विभिन्न बजारमा अनुगमन गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शनिबार उद्योग वाणिज्य संघ जोगबुडा, कृषि विकास शाखा र पशु सेवा शाखाको सहभागितामा परशुराम नगरपालिका–९ को गाईबाधे बजार, वडा नम्बर १२ को पन्तुरा तथा जोगबुडा बजार र वडा नम्बर ४ को कटाल बजारमा अनुगमन गरिएको थियो।

त्यस्तै, आइतबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, आलिताल गाउँपालिकाका कर्मचारी तथा प्रहरीको संयुक्त टोलीले आलितालका घुम्ती, गोदाम, लगाएको बिभिन्न बजारका होटल, किराना पसल ,डेरी तथा बेकरी उद्योगमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा परशुराममा ४ वटा होटल, १४ वटा किराना पसल र १ वटा चाउमिन उद्योग गरी कुल १९ वटा पसल तथा व्यवसायको निरीक्षण गरिएको टोलीले जनाएको छ। आलितालमा पनि विभिन्न होटल, किराना पसल तथा बेकरी उद्योगको अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा बजारमा मूल्यवृद्धि तथा कालोबजारीको अवस्था नरहेको र दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता रहेको पाइएको छ। यद्यपि बजारको थप व्यवस्थापन र शुद्धीकरण आवश्यक रहेको अनुगमन टोलीले जनाएको छ।

Dadeldhura Hospital

अनुगमनका क्रममा एउटै पसल वा फर्मबाट पेट्रोल, डिजेल, तरकारी तथा किराना सामग्रीसमेत बिक्री–वितरण भइरहेको पाइएको छ। त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालयमा फर्म दर्ता गर्दा उल्लेख गरिएका वस्तुभन्दा फरक तथा थप सामग्री बिक्री–वितरण गर्ने गरेको पनि भेटिएको टोलीले जनाएको छ।

यसले कर छलीको सम्भावना बढाउनुका साथै व्यवसाय व्यवस्थापनमा समेत समस्या देखिएकाले घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह र राजस्व कार्यालयले यस्ता व्यवसायको नियमित नियमन तथा अनुगमन गर्नुपर्ने टोलीले निष्कर्ष निकालेको छ।

अनुगमनका क्रममा जोगबुडा र आलितालका विभिन्न पसलबाट म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ। अन्य अवस्था भने सामान्य रहेको अनुगमन टोलीले जनाएको छ।

चाडपर्वको समयमा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने, बजारमा हुने अनियमितता नियन्त्रण गर्ने र उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.