बहुक्षेत्रीय पोषण कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा सम्पन्न

बहुक्षेत्रीय पोषण कार्यक्रम बजेट अभावले कार्यान्वयनमा चुनौती

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालन गरिएका पोषणसम्बन्धी गतिविधि, उपलब्धि तथा चुनौतीहरूको समीक्षा गरिएको छ।
जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबार आलिताल गाउँपालिकाको सभाहलमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमको अवस्था, कार्यप्रगति, पोषण सुधारका प्रयास तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। स्थानीय तहमा पोषणको अवस्था सुधार, कुपोषण न्यूनीकरण तथा बालबालिका, किशोरी, गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य एवं पोषणमा सुधार ल्याउने उद्देश्यले सञ्चालित कार्यक्रमको प्रभावकारिताबारे समीक्षा गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

समीक्षा कार्यक्रममा सातवटै पालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारीहरूले आफ्नो पालिकामा सम्पन्न गतिविधि, उपलब्धि, समस्या तथा चुनौतीहरू प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै आगामी दिनमा पोषणसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषयमा सुझाव आदानप्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी अधिकांश पालिकाका प्रतिनिधिहरूले बजेट अभावका कारण योजनाअनुसार कार्यक्रम कार्यान्वयन गर्न कठिनाइ भइरहेको बताएका थिए। आवश्यक स्रोतसाधनको अभावले पोषण सुधारका लागि तय गरिएका कार्यक्रम तथा गतिविधि अपेक्षित रूपमा सञ्चालन गर्न नसकिएको उनीहरूको भनाइ थियो।

Dadeldhura Hospital

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी, उपप्रमुख अमृता ठडाली मगर, बहुक्षेत्रीय पोषण कार्यक्रमका सुदूरपश्चिम प्रदेश संयोजक राजेन्द्रप्रसाद गिरी, प्रदेश नीति तथा योजना आयोगका प्रमुख धर्मानन्द गिरी, जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, जिल्ला अस्पताल डडेल्धुराका प्रतिनिधि, पालिकामा कार्यरत बहुक्षेत्रीय पोषण कार्यक्रमका कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले समीक्षा कार्यक्रम आगामी दिनको रणनीति निर्माण तथा एकअर्काका कार्यअनुभव आदानप्रदान गर्ने महत्वपूर्ण अवसर भएको बताए। स्वास्थ्य नै मानिसको जीवनको प्रमुख आधार भएको उल्लेख गर्दै उनले स्वस्थ नागरिक निर्माणका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।

उनले सरकारले नीति तथा कार्यक्रममार्फत नागरिकको स्वास्थ्य सुधारका लागि विभिन्न प्रयास गरिरहेको भन्दै बहुक्षेत्रीय पोषण कार्यक्रमले त्यसमा थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। बालबालिकाको स्वास्थ्य तथा वृद्धि विकास, गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्था सुधारलगायत समग्र स्वास्थ्य क्षेत्रमा भइरहेको प्रगतिलाई निरन्तरता दिन सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए।

सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि विभिन्न विकास साझेदार तथा दातृ निकायको सहयोग लिइरहेको उल्लेख गर्दै भण्डारीले पोषण तथा स्वास्थ्य सुधारका कार्यक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकायले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

बहुक्षेत्रीय पोषण कार्यक्रमले स्वास्थ्य क्षेत्रसँगै शिक्षा, कृषि, खानेपानी तथा सरसफाइ, महिला सशक्तीकरणलगायतका क्षेत्रलाई समेटेर पोषणमैत्री वातावरण निर्माणमा जोड दिँदै आएको छ। जिल्लास्तरीय समीक्षा कार्यक्रमले स्थानीय तहमा भएका प्रयासको मूल्याङ्कन, समस्या पहिचान तथा आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। उक्त कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिम्मत बहादुर सिंहले गर्नभएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.