डडेल्धुरामा लागुऔषध सहित एकजना भारतीय नागरिक पक्राउ

sc mahendra

डडेल्धुरा डडेल्धुरामा लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। हिजो आइतबार जिल्लाको अमरगढी नगरपालिका १ स्याउलेबाट भारतीय नागरिक २४ वर्षका मुन्ना खान पक्राउ परेका हुन्।

भारतको पिलिभित मोहल्ला गाउँमा घर भएका उनी डडेल्धुराको स्याउलेस्थित एक ग्यारेजमा जीप मर्मतको काम गर्दै आएका थिए। विशेष सूचनाका आधारमा उनको कोठामा खानतलासी गर्दा ०।१८ ग्राम खैरो हेरोइन(ब्राउन सुगर) फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए।
खानलाई समेत पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.