सामुदायिक सिकाई केन्द्र आलितालद्वारा भगवती आधारभुत बिद्यालयका १९ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदौ १७
आलितालको सामुदायिक सिकाई केन्द्रद्वारा भगवति आधारभुत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सामुदायिक सिकाई केन्द्र आलितालले पालिकाको वडा न. ५ मा रहेको भगवति आधारभुत विद्यालय पर्सेरावलका १९ जना बिद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
सामुदायिक अध्ययन केन्द्रले १९ जना बिद्यार्थीलाई एक एक थान झोला, प्रत्येक विद्यार्थीलाई ६ वटाका दरले कपी,एक एक वटा पेन्सील,कटर र मेटर दिइएको विद्यालयका प्रध्यानाध्यापक नरेश सिंह भांटले जानकारी दिए ।

Dadeldhura Hospital

अनौपचारिक शिक्षा केन्द्र सानोठीमी भक्तपुरद्वारा संचालित सिकाई केन्द्रले पालिकाको सहकार्यमा आर्य आर्जनका कार्यहरु, बालबिकासका शिक्षकहरुलाई क्षमता बिकास तालिम तथा बिद्यालयमा शैक्षिक सामग्री सहयोग जस्ता काम गर्दै आएको सामुदायिक सिकाई केन्द्र आलितालका अध्यक्ष ज्ञानेद्र प्रसाद जोशीले बताए । सामुदायिक सिकाई केन्द्रले पहिला गाउं गाउंमा प्रौढ शिक्षा दिने गरेको भएता पनि अहिले भने बिभिन्न विद्यालय तथा वालविकासमा शैक्षिक सुधारका कार्यक्रमहरु गरिरहेको समेत जोशीले बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.