अनेरास्ववियु अमरगढीको दोस्रो नगर अधिवेशन सम्पन्न:अध्यक्षमा कैनी चयन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अमरगढी नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन कैनी चयन भएका छन्।

Dadeldhura Hospital

आज (शनिबार) भएको अनेरास्ववियु अमरगढी नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट कैनीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कमिटीको उपाध्यक्षमा पुनम चुनारा, उपाध्यक्षमा रुक्मणी विष्ट र प्रकाश ताम्राकार, सचिवमा मनिषा भण्डारी, सह–सचिव जेम्स ताम्राकार, कमला परियार, आशिष जोशी र कोषाध्यक्षमा अस्मिता ऐर चुनिएका छन्।

अमरगढी नगर संयोजक बिना बोहराको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा डडेल्धुरा इन्चार्ज पुस्कर देउवा रहेका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.