कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२३ कात्तिक,। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कुल परीक्षार्थीको ७५.४५ प्रतिशतले मात्र ग्रेडवृद्धि प्राप्त गर्न सकेका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

ग्रेडवृद्धि परीक्षामा एक लाख १७ हजार ८८२ सहभागी परीक्षार्थीहरु मध्ये ८८ हजार ९४७ जनाले ग्रेडवृद्धि प्राप्त गरेको कार्यालयले जनाएको छ । कार्यालयले १५ जना विद्यार्थीको परीक्षा रद्द गरेको जनाएको छ ।

ग्रेडवृद्धि परीक्षामा कम्तिमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले ७ मंसिर पश्चात ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि (टीएमपीजी) प्रमाणपत्रका लागि रसिद काट्न सक्ने जनाएको छ ।

शैक्षिक प्रमाणपत्र प्राप्त गर्नको लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न हुनुपर्ने छ ।

नतिजमा चित्त नबुझेको परीक्षार्थीले १५ दिनभित्र ८ मंसिरभित्र सम्बन्धित कार्यालयमा आवेदन दिन सक्नेछन् । कार्यालयले ९ र १० असोजमा ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.