डेउडा आइडल टिमको शीर्ष नेताहरुसँग छलफल

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं: देउडा सांस्कृतिक मञ्च नेपालको आयोजनामा हुन गइरहेको देउडा आइडलको टिमले तीन पूर्व प्रधानमन्त्रीहरूसँग भेटघाट तथा छलफल गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष महेश कुमार औजीको नेतृत्वमा आइतबार पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग भेटघाट तथा छलफल गरेका हुन् ।

भेटमा पूर्व प्रधानमन्त्री चन्दले भने, म यो खबरले अत्यन्तै हर्षित भए, संस्कृति रहे समाज रहन्छ यसलाई पुस्तान्तरण गर्नु हाम्रो दायित्व हो । आफू साहित्य लेखनमा रुचि राख्ने र गीत सङ्गीत मन पराउने भएकाले देउडा आइडल भित्र हाम्रो संस्कृति झल्काउने खालको प्रस्तुतिसँगै, प्रदर्शन पनि गरिनु पर्ने सुझाव दिन्छु , उनले भने मेरो सुभेक्षा र साथ सहयोग पूर्ण रूपमा रहनेछ यहाँहरूलाई शुभकामना छ । उनले विसर्जन (कथासङ्ग्रह) नामक ग्रन्थका लागि वि.सं. २०५४ को मदन पुरस्कार प्राप्त गरेका थिए।उनी वि।सं। २०४०, वि.सं. २०४६, वि.सं. २०५३ र वि.सं. २०५८ मा गरी चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

 

Dadeldhura Hospital

यस्तै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पनि देउडा आइडल आयोजना प्रति खुसी व्यक्त गरेका छन् । आइतबार आइडल टिम सँगको भेटमा उनले भने म पश्चिमको प्रतिनिधित्व गर्दै देशको नेतृत्व गर्दै गर्दा आफ्नो संस्कृति जोगाउन र पश्चिमको पहिचान स्थापित गर्न मैले खेल्नु पर्ने भूमिकामा कुनै कसुर बाँकी राख्दिन, यो देउडा आइडल पश्चिमको लागि मात्र नभई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका लागि कोसे ढुङ्गा साबित हुने छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको पनि यसमा चासो र चिन्ता हुनु पर्नेमा जोड दिए । देउडा आइडल सम्पन्न गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न समेत उनको अपिल छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गीत सङ्गीतले कुनै भूगोल र सिमाना नछेक्ने बताएका छन् । आइतबार देउडा आइडलको टिम सँग भेटघाट तथा छलफलका क्रममा उनले आफ्नो गाउँ समाजमा कला प्रतिभा भएका व्यक्ति र लोप हुनै लागेका संस्कृतिहरू जोगाउन तथा बचाउन हाम्रो दायित्व भएको भन्दै, कुनै धर्म, जातजाति , रहनसहनले नभई कला प्रतिभा भएका व्यक्तिहरूले सही स्थान पाउनु पर्ने बताए । उनले भने, सुदूरपश्चिम र कर्णाली प्रदेश भित्र विभिन्न जातजातिका थरी थरीका संस्कृति छन् , म आफूलाई पनि देउडा गीत मन पर्छ, कलाकार र स्रष्टा मन पराउँछु, तपाईँहरूलाई शुभकामना छ यो कदम प्रति उच्च सम्मान छ ।

देउडा सांस्कृतिक मञ्च नेपालले यस अघि सुदूरपश्चिम र कर्णाली प्रदेशका मुख्यमंत्रीद्धय कमल बहादुर शाह र राजकुमार शर्मा तथा अन्य दुवै प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू सँग पहिलो चरणको छलफल तथा भेटघाट सम्पन्न भएको छ देउडा आइडल सभ्य र भव्य रूपमा सम्पन्न गर्न सुदूरपश्चिम र कर्णाली प्रदेशमा छुट्टा छुट्टै प्रदेश समिति र प्रत्येक जिल्लाहरूमा जिल्ला संयोजक तोकेर काम अगाडि बढी रहेको मञ्चका अध्यक्ष औजीले जानकारी दिएका छन् । अब छिट्टै दोस्रो पटक पत्रकार सम्मेलन गरी आगामी योजना जानकारी गराइने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.