डडेल्धुरा मेडिकल कलेजमा माघदेखि अध्यापन सञ्चालनको तयारी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा डडेल्धुरा मेडिकल कलेजमा माघदेखि अध्यापन सञ्चालनको तयारी थालिएको छ । मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएसंगै अब कक्षा सञ्चालनको तयारी भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भएसंगै माघ २९ गतेदेखि कक्षा सञ्चालन हुने जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

१० जनाको कोटा पाएकोमा बाँकी तीन जना भने शुल्क तिरेर पढ्न पाउने उपकुलपति जोशीले बताए । ‘एमबीबीएसको पढाई सुरु गर्नका लागि भने डडेल्धुरा अस्पताल कम्तिमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ,’ उनले भने, ‘तत्काल तीन सय शय्यामा अस्पताल स्तरोन्नति भए हामी २०८३ सालदेखि एमबीबीएसको पढाई सुरु गर्न सक्छौं ।’

यस्तै कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डडेल्धुरा अस्पतालमा छिट्टै स्तरोन्नति हुने बताएका छन् । आइतबार डडेल्धुरा अस्पतालको अनुगमनपछि आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । ‘अस्पताल स्तरोन्नतिका लागि संगठन सर्वेक्षण भएर फाइल अर्थ मन्त्रालय पुगेको छ,’ उनले भने, ‘यसै आर्थिक वर्षभित्र अस्पताल कम्तिमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन्छ ।’

मन्त्री बस्नेतले डडेल्धुरा अस्पताल स्तरोन्नतिका लागि सुरुवाती चरणमा दुई करोड बजेट पनि विनियोजन भइसकेको जानकारी दिए । उनले डडेल्धुरा अस्पतालमा चाँडै चिकित्सक पठाउने आश्वासन पनि दिएका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.