दाङमा ट्याक्टर दुर्घटना,२९ जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दाङ: दाङमा ट्याक्टर दुर्घटना भएको छ। गढवा गाउँपालिका वडा नम्बर-४ पर्सा गाउँका स्थानीय सवार ट्याक्टर गढवा–कोइलावास सडक खण्डमा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

Dadeldhura Hospital
भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बिहेको पात टिपेर फर्किने क्रममा गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटनामा परेको प्रहरी निरिक्षक नवीन वलीले जानकारी दिए। ट्याक्टरमा सवार २९ जना घाइते छन्। घटनास्थलबाट सबै घाइतेहरुलाई उपचारका लागि लमही पठाईएको छ। लु २ त ५१६५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। गाडी चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.