डाक्टर पढ्न पूर्व मन्त्री आलेद्वारा विकलाई एक लाख रुपैयाँ सहयोग

sc mahendra

माघ ७ , डाक्टर पढ्न पूर्व मन्त्री आलेले एक जना विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबीबीएस (डाक्टर) पढ्नका लागि डोटीका शिवि विकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

उनले डोटीको केआइसिंह गाउँपालिका-४ कारीगाउँका १७ वर्षीय शिवि विकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको केआइसिंह गाउँपालिका-५ का वडाअध्यक्ष दुर्गासिंह रावलले जानकारी दिए।

एमबीबीएस पढ्न नाम निकालेका शिविको आर्थिक अवस्था कमजोर रहेको छ। आलेको सहयोगले शिविको पढाइमा सहायता पुग्ने रावलले बताए।

You might also like
Leave A Reply

Your email address will not be published.