११ माघ, काठमाडौं । सरकारले बालकुमारी झडपमा मारिएका दुई युवाको परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।
मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो ।
१३ पुसका दिन रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।मृत्यु पछि सरकारले मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
