हिमालयन उग्रतारा एजुकेशन एकेडेमीले मनायो ११औँ बार्षिक उत्सव

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

गैरा डोटी, जोरायल गाउँपालिका वडा नं.१ चप्परचानीमा रहेको हिमालयन उग्रतारा एजुकेशन एकेडेमीले आफ्नो ११ औँ स्थापना तथा अभिभावक दिवस मनाएको छ ।
धनगढी डडेल्धुरा भिमदत्त राजमार्गको गैरावजार नजिकैको चप्परचानीमा रहेको एकेडेमीले आफ्नो ११ औँ स्थापना तथा अभिभावक दिवस मनाएको हो ।

 

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

डोटीको जोरायल गाउँपालिकाको वडा नं.१ र डडेल्धुराको आलिताल गाउँपालिकाको वडा नं.१ को सिमानामा रहेको छ ।
२०७० सालमा दुर्गम स्थानमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको एकेडेमीमा हाल १६६ बालवालिकाले अध्ययन गरिरहेको एकेडेमीका संस्थापक प्रिन्सिपल हेमन्त पातलीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवशमा डोटीको जोरायल गाउँपालिका वडा नं.१ तथा डडेल्धुराको आलिताल गाउँपालिका वडा नं.१ का जनप्रतिनिधिका साथै विभिन्न विद्यालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानिय सुरक्षा निकायका प्रतिनिधि, संञ्चारकर्मी तथा स्थानिय अभिभावकहरुको उपस्थिती रहेको थियो ।


आज सम्पन भएको कार्यक्रममा गत शैक्षिक सत्रको हरेक कक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीका साथै अध्ययनमा वर्षको उत्कृष्ट विद्यार्थी तथा अनुशासनमा वर्षको उत्कृष्ट विद्यार्थीहरु लाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा एकेडेमीको स्थापनाकाल देखी हाल सम्म योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो भने विद्यार्थी तथा शिक्षकहरुले विभिन्न मनोरन्जनात्मक नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थापक प्रिन्सिपल हेमन्त पातलीले चालु आर्थिक वर्षको प्रगती तथा भावी योजना प्रस्तुत गर्दै समय अनुसार एकेडेमीमा विज्ञान प्रयोगशालाको स्थापनाको साथै बाहिरि ज्ञान बढोस भन्ने उद्देश्यका साथ अध्ययन अवलोकन भ्रमण कार्यक्रमको आयोजना गरिएको बताउदै शिक्षक, अभिभावक र विद्यार्थिहरुले सामुहिक रुपमा एकेडेमीको बारेमा सोच्नुपर्ने बताए ।
कार्यक्रममा जोरायल गाउँपालिका कार्यपालिका सदस्य एबं कार्यक्रमको प्रमुख अतिथि इन्द्रा देवी ओलीले आफुहरु शैक्षिक विकासको लागी सहयोग गर्न सदैव तत्पर रहेको बताईन ।

कार्यक्रमको अन्तमा एकेडेमीका अभिभावकहरु विच विभिन्न खेलहरु खेलाइएको थियो भने विजेताहरु लाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बहादुर मल्लले एकेडेमी सबैको भएको हुनाले सबैले एकेडेमीको विकास को लागी लाग्नु पर्ने र आफुहरुले यस क्षेत्रको शैक्षिक विकासको लागी दक्ष जनशक्ति सहितको टिम तयार पारेको बताए

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.