डडेल्धुराको परशुराम सुविधासम्पन्न पुस्तकालय बन्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बन्ने भएको छ । नगरपालिकाको त्रिवेणी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न पुस्तकालय स्थापना हुने भएको हो ।

परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम विश्वविद्यालयसंग नगरपालिकाले सहकार्य गरेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

“परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बनाउने हाम्रो प्रतिबद्धता अनुरूप गरिएका बिभिन्न प्रयासहरुले सार्थकता लिँदै गएका छन्”, मेयर जोशीले भने, यसै क्रममा परशुराम नगरपालिका र सुदुरपश्चिम विश्वविद्यालय बीचको सहकार्यमा त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा सुविधासम्पन्न पुस्तकालय बनाउनका लागि डीपीआर तयार भएको थियो ।

 

मेयर जोशीका अनुसार डीपीआर तयार भएर पुस्तकालय स्थापनाका लागि टेन्डरसमेत आह्वान गरिएको छ । विश्वविद्यालयले टेण्डर आह्वान गरेको हो ।पुस्तकालय स्थापनाका लागि एक करोड ६० लाख बढीमा पुस्तकालय स्थापना गर्ने लागत इस्टिमेट बनाइएको छ ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.