पर्यटकिय स्थल आलितालको अवलोकन पछि के भने ओलीले पालिका उपाध्यक्ष रावललाई !

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको भित्रिमधेस छिरेका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्यटकिय स्थल आलिताल र परशुरामको अवलोकन तथा दर्शन गरेका छन् ।

हिजो (सोमबार) परशुराम नगरपालिकाको रंगमैदानमा एमाले डडेल्धुराको ९ औं अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले डडेल्धुराको भित्रिमधेस क्षेत्रमा रहेको पर्यटकिय स्थलको अवलोकन गरेका हुन् ।
ओलीले डडेल्धुराको आलिताल गाउँपालिका–३ मा रहेको आलितालको अवलोकन गर्ने क्रममा आलिताल गाउंपालिका उपाध्यक्ष मैना कुमारी रावलसंग छोटो कुराकानी समेत गरेका थिए ।
उपाध्यक्ष रावलले पालिकाको तर्फबाट ज्ञापन पत्र बुझाईसकेपछि भएको कुराकानीमा ओलीले आलितालमा जाने रंगुनखोलामा पुल अति आबश्यक भएको बताएका थिए । उपाध्यक्ष रावलका अनुसार ओलीले आलिताल पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएकोले यहां भौतिक संरचना र रंगुन नदिमा मोटरेवल पुलको मागलाई आफुले सकारात्मक ढंगबाट लिएको बताए । केहि बेरको कुराकानीमा ओलीले उपाध्यक्ष रावललाई यस क्षेत्रमा उद्योग स्थापना गर्ने मनसाय भएको पनि बताएका थिए । अध्यक्ष ओलीले आलिताल अवलोकन गरेर फर्किने क्रममा रंगुन खोलामा निकै बेर बिताएका थिए । ओलीले गाडीबाट निस्केर खोलाको अवलोकन गर्ने क्रममा छोटो प्रतिक्रिया दिदै यो खोला मात्र नभई खहरे खोला जस्तै भएकोले यसले क्षति गर्ने कुरामा आफु जानकार भएको समेत बताएका थिए । ओलीले आफुले टेकेको जुनसुकै ठाउंमा जादा पनि केहि न केहि लगेर जाने भएकाले आफुले रंगुन खोलाको ढुंगा राम्रो लागेर ढुंगा लगेकोे समेत उपाध्यक्ष रावलले बताए ।
आलितालका उपाध्यक्ष रावलले बुझाएको ज्ञापन पत्रमा घुम्ति आलिताल चौड वण्डाले डाडाखर्क चिरकिट्टे डडेल्धुरा हुदै बझाङ जोड्ने सडकको रंगुन नदिमा आर सिसि पुल निर्माण योजना, आलितालमा खेलमैदान तथा भौतिक संरचना निर्माण योजना,तेस्तै आलितालको ताल क्षेत्रमा पर्यटन पूर्वाधार तथा भौतिक संरचना निर्माण योजना, जालटुडा देखि रंगुन दोभान र रेला देखि स्यालचौडी सम्म दोहोरो टतबन्ध निर्माण योजना र लामजिले घरेलु खिन्नेभाडी सडक स्तरउन्नती तथा कालोपत्रे  सडक निर्माण योजना रहेका थिए ।
परशुरामको कार्यक्रममा बोल्दै ओलीले म यहां अधिबेशनको बत्ति बाल्न मात्र आएको होइन भनेका थिए उनले मत यस अबसरमा यहांका आमाबुवा दाजुभाईसंग भेट गरेर यहांको कुराहरु सुन्न,समस्या बुझ्न र समस्याको समाधानको काम भोलीबाट सुरु गर्न पाइन्छ कि भनेर आएको हुं ।ओलीले मुख्य कुरा यहांको बिकास हो परिबर्तन हो,यस ठाउंको रुपान्तरण भएकाले आफु डडेल्धुराको परशुराममा आउनु परेको बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

आफु प्रधानमन्त्री हुँदा देशभर तीन सय ९६ अस्पतालको शिलन्यास गरेको  स्मरण गर्दै उनले परशुराममा अस्पताल भएको कारण नपरेको र आलितालमा परेको बताए। तर शेरबहादुर जीले केपी ओलीले हालेको कार्यक्रम भनेर हटाइदिनु भयो,’ उनले भने, ‘त्यहाँको अस्पतालमा म सिटामोल ल्याउन जाने होइन नी भन्दै प्रश्न गरेका ,थिए ।

उनले आफू प्रधानमन्त्री हुँदा देशमा धेरै राम्रो काम भएको दाबी गरे। पुरानो गठबन्धनले देशको आर्थिक अवस्था कमजोर भएको उनको जिकिर थियो ।

‘ओलीले रोष्टमबाटै शेरबहादुर जीलाई पाँच पटक प्रधानमन्त्री हुँदा देशका लागि गरेको एउटा राम्रो काम बताउनुस् त ’ भनेर प्रश्न गरेको सम्झिए । ओलीले भने तर, उहाँले जवाफ फर्काउन सक्नु भएन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.