सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्न डडेल्धुराबाट सुरु भएको साइकल यात्रा सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्न डडेल्धुराबाट सुरु भएको साइकल यात्रा सम्पन्न भएको छ । । डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्री भू–स्वर्ग खप्तड हुँदै बुधवर धनगढी आइपुगेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

गत शुक्रवार सुदूरपश्चिमको ऐतिहासिक अमरगढी किल्लाबाट ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रियस्तरको साइकल यात्रा–२०८१ का साइकल यात्रीले डोटीको दिपायल–सिलगढी–झिक्राना हुँदै पर्यटकीय क्षेत्र खप्तड–पाटनसम्म पुगेर यात्रा सम्पन्न गरेका हुन।

साइकल यात्रामा सहभागीले एकरात खप्तड क्षेत्रमा बास बस्नुका साथै बुधवार बिहान कैलालीको खानीडाँडाबाट अर्को गन्तव्य तय गर्दै धनगढी पुगेका हुन्। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन इकाइ कार्यान्वयन कार्यक्रमको प्रायोजनमा ‘सिके रिचर्स एण्ड ग्रिनरी प्रोमोसन’ प्रालि गोकर्णेश्वर काठमाडौँको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा–२०८१ तय गरिएको थियो। साइकल यात्रीका माध्यमबाट सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुका साथै प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय साइकल यात्राको आयोजना गरिएको सिके रिसर्चका प्रमुख छिन्डुम मेनक्पा भोटेले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.