हुरीले उडाएको जस्ता लागेर घाइते भएकी बोहराको उपचारमा समस्या,आर्थिक सहयोग गरिदिन आग्रह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

हिजो (शनिवार) आएको हावाहुरीले उडाएको घरको छानाको टिन लागेर घाइते महिलाको उपचारमा समस्या परेको छ ।
डडेल्धुराको आलिताल गाउँपालिका वडा न. ४ बस्ने सकराम बोहराको श्रीमती अन्दाजी ३५ बर्षिया गौमती बोहराको आर्थिक अवस्था कमजोर हुदा उपचारमा समस्या भएको आफन्त कमल बोहराले बताएका छन ।बोहराको श्रीमान पनि शारीरिक रुपमा अपांग छन् । एक छोरा पनि आर्थिक समस्याले पिरोलेपछी भारत छिरेका छन् । अकस्मात आएको यो संकटले आर्थिक समस्या निम्त्याएपछी उक्त परिवारबाट आर्थिक सहयोगको आह्वान गरेका छन । आफन्त बोहराका अनुसार गम्भीर चोट लागेको गोमती बोहरालाई अहिले धनगढीको केजि अस्पतालको आइसियुमा राखेर उपचार गरिरहेका छन ।
परिवारका सुक्को पैसा समेत नभएकाले आज सम्मको उपचार पनि मागेर नै गरिरहेको आफन्त बोहराले बताए । आफन्त बोहराका अनुसार आफुहरुसंग आर्थिक नहुदा उपचार रोकिने अवस्था आएको बताए । प्राकृतिक प्रकोपले यसरी गरिव परिवारमा आएको बज्रपातमा सबैले सक्दो सहयोग गर्न आलिताल -८ का वडा अध्यक्ष धन बहादुर देउवाले समेत आग्रह गरेका छन् ।
आलिताल -८ मौरी नरेन्द्र महराको मिलमा चिउरी पेल्न भनी गएका बोहरालाई अर्को घरको छाना हावाले उडाएर आएको जस्तापाताले लाग्दा टाउको र घाटीमा गम्भीर चोट लागेको थियो ।
यसरी गर्नुहोस सहयोग

नाम :कमल बोहरा

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बिरामीको भाइ

Dadeldhura Hospital

सम्पर्क : 984889599

कमल सिंह बोहरा आलिताल गाउँपालिका ४ न. वडा अध्यक्ष

सम्पर्क : 9868673949

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.