हिजो (शनिवार) आएको हावाहुरीले उडाएको घरको छानाको टिन लागेर घाइते महिलाको उपचारमा समस्या परेको छ ।
डडेल्धुराको आलिताल गाउँपालिका वडा न. ४ बस्ने सकराम बोहराको श्रीमती अन्दाजी ३५ बर्षिया गौमती बोहराको आर्थिक अवस्था कमजोर हुदा उपचारमा समस्या भएको आफन्त कमल बोहराले बताएका छन ।बोहराको श्रीमान पनि शारीरिक रुपमा अपांग छन् । एक छोरा पनि आर्थिक समस्याले पिरोलेपछी भारत छिरेका छन् । अकस्मात आएको यो संकटले आर्थिक समस्या निम्त्याएपछी उक्त परिवारबाट आर्थिक सहयोगको आह्वान गरेका छन । आफन्त बोहराका अनुसार गम्भीर चोट लागेको गोमती बोहरालाई अहिले धनगढीको केजि अस्पतालको आइसियुमा राखेर उपचार गरिरहेका छन ।
परिवारका सुक्को पैसा समेत नभएकाले आज सम्मको उपचार पनि मागेर नै गरिरहेको आफन्त बोहराले बताए । आफन्त बोहराका अनुसार आफुहरुसंग आर्थिक नहुदा उपचार रोकिने अवस्था आएको बताए । प्राकृतिक प्रकोपले यसरी गरिव परिवारमा आएको बज्रपातमा सबैले सक्दो सहयोग गर्न आलिताल -८ का वडा अध्यक्ष धन बहादुर देउवाले समेत आग्रह गरेका छन् ।
आलिताल -८ मौरी नरेन्द्र महराको मिलमा चिउरी पेल्न भनी गएका बोहरालाई अर्को घरको छाना हावाले उडाएर आएको जस्तापाताले लाग्दा टाउको र घाटीमा गम्भीर चोट लागेको थियो ।
यसरी गर्नुहोस सहयोग
नाम :कमल बोहरा
बिरामीको भाइ
सम्पर्क : 984889599
कमल सिंह बोहरा आलिताल गाउँपालिका ४ न. वडा अध्यक्ष
सम्पर्क : 9868673949

