डोटीमा जिप दुर्घटना, दुईजनाको मृत्यु, सात घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटी । दार्चुलाको लेकमबाट धनगढीका लागि छुटेको जिप डोटीको बुडरमा दुर्घटना भएको छ । दुर्घटनामा परेर तीन वर्षीया रितिका सार्कीको मृत्यु भएको छ भने अर्का मृतकको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप बुधबार बिहान बुडर नजिकै दुर्घटना भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जयकुमार मल्लका अनुसार घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–५ का १९ वर्षीय चालक बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका–६ का ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की र उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की रहेका छन् ।

त्यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी–६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका–४ की ६० वर्षीया मानमति धामी घाइते भएका छन् ।

बिहान ५ बजे घाइतेहरुको उद्धार गरेर निसर्ग अस्पताल धनगढीमा पठाएको उनले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.