शिक्षक संघ परशुरामले बुझायो विभिन्न माग सहित ज्ञापन पत्र

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

जोगबुढा : नेपाल शिक्षक संघ परशुराम नगरकार्य समितीले विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ । आईतवार परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीलाई विभिन्न माग सहित उक्त ज्ञापनपत्र बुझाएको हो।
शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुले अन्तिम त्रैमासिकको तलवभत्ता नपाएको र समयमै तलवको ब्यवस्थापनका लागि नगरपालिकालाई ध्यानाकर्षण गरिएको नेपाल शिक्षक संघ परशुराम नगरकार्यसमिती सचिव किरण बोहराले बताउनुभयो।

नगरपालिका भित्र कार्यरत रहेका नगर शिक्षक,बिद्यालय कर्मचारी र वालविकाश सहजकर्ताको परिश्रमिक न्यून रहेको र आगामी आर्थिक वर्षमा समय सापेक्ष पारिश्रमिक बृद्धि गर्न समेत ज्ञापपत्र मार्फत माग गरिएको छ।बिद्यालयमा कार्यरत बिद्यालय सहायक(लेखापाल)र वालविकास सहजकर्ताको अपुग रकम स्थानीर सरकारले ब्यवस्थापन गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रममा समाबेश भए पनि अन्य पालिकामा लागू भईसकेको र परशुराममा हाल सम्म पनि लागू हुन नसकेको सन्दर्भमा आगामी बजेटमा लागू गर्न समेत नेपाल शिक्षक संघ परशुराम नगर कार्यसमितीले माग गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.