डडेल्धुरा घर भएका पूर्व सहायक मन्त्री भट्टको निधन

sc mahendra

डडेल्धुरा डडेल्धुराको अजयमेरू गाउँपालिका वडा नम्बर २ मटेल घर भएका पूर्व सहायक मन्त्री गणेशप्रसाद भट्टको निधन भएको छ।

८३ वर्षीय भट्टको काठमाडौंको बुढानिलकण्ठमा रहेको आफ्नै निवासमा शुक्रवार निधन भएको हो। भट्टको आज शनिवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले बताएको छ। बुवा धनिराम भट्ट र आमा राधादेवी भट्टको कोखबाट १९९८ सालमा जन्मेका भट्टले बिएसी सम्मको अध्ययन गरी पञ्चायतको राजनीतिमा लागेका थिए।
२०३८ देखि २०४२ सम्म जिल्ला पञ्चायत डडेल्धुराको सभापति भएका भट्ट डडेल्धुराबाट २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। राष्ट्रिय पञ्चायत सदस्य हुँदा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष भएर झापालगायत पूर्वी तराईमा बसोबासको काम सफलता पूर्वक सम्पन्न गरेका थिए। २०४४ सालमा वन सहायक मन्त्री भएका भट्टको कार्यकालमा नेपाल टर्पन टायल कम्पनी स्थापना भएको थियो। राजनैतिक परिवर्तन पश्चात् २०४८ र २०५६ मा डडेल्धुराबाट राप्रपाबाट प्रतिनिधि सभामा निर्वाचनमा उम्मेदवार बनेका थिए। भट्टका दुई छोरा छन्। डडेल्धुरा जिल्लाको समग्र विकासको भट्ट परिकल्पनाकार रहेको अजयमेरूकै टेकराज पनेरू बताउँछन्।
भट्टले आफ्नो सक्रिय राजनीतिक जीवनमा पोखरा–बेलापुर सडक, उग्रतारा–मेलौली सडक, बागबजार– बगरकोट–रुपाल सडक, बुडर–जोगबुढा सडक र भत्काडा– रेल सडक निर्माणको योजना बनेको पनेरू बताउँछन्। भट्टले खानेपानी र विद्यालय निर्माण, जोगवुढा,डाडावन,गणेशपुर र चिपुरमा एकीकृत सेवा केन्द्र निर्माण गरेको पनेरू बताउँछन्।

यस्तै, वन सहायक मन्त्री हुँदा आलिताल, शीर्ष र जोगबुडामा उच्च वन सुदृढीकरण आयोग गठन गरी उक्त आयोगद्वारा बसोबास प्रमाणित गरी त्यहाँको जग्गा नापजाँच गराइ घर– घरमा जग्गाको लालपुर्जा वितरण गरेको भट्ट बारे जानकार पनेरूले बताएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.