आलिताल वडा न.१ को आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रगती, शतप्रतिशत कार्य सम्पन्न

sc mahendra

भदौ ३
डडेल्धुराको आलिताल गाउँपालिका वडा न.१ का अध्यक्ष यज्ञ बहादुर देउबाले गत आर्थिक वर्षको प्रगती सार्वजनिक गरेका छन । आर्थिक बर्ष २०८०।८१ मा वडा भित्र भए गरेका योजनाहरुको प्रगती सार्वजनिक गरेका हुन् ।

वडाले गत आर्थिक वर्षमा तर्जुमा गरिएका योजनाहरुको पूर्ण कार्यन्वयन भएको बताएको छ । गत आर्थिक बर्षमा संघ,प्रदेश तथा पालिकाबाट प्राप्त वजेटबाट वडाले तर्जुमा गरेका योजनाहरु शत प्रतिशत सम्पन्न भएको वडा अध्यक्ष यज्ञ बहादुर देउवाले जानकारी दिए ।
२०७९ बैसाख ३० मा सम्पन्न दोस्रो स्थानिय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका देउबाले संघ, प्रदेश, स्थानीय, बिभिन्न गैरसरकारी संघ, संस्थाको पहलमा वडा.न १ मा आर्थिक वर्ष २०८०।८१ मा भएका उपलब्धीहरुलाई स्पष्ट पारेका हुन ।
वडा अध्यक्ष देउबाका अनुसार पालिकाबाट प्राप्त बजेटबाट यातायात तथा पूर्वाधार तर्फ मेलखर्क खिन्नेगडा कृषि सडक,मेलखाली दिपलमारे कृषि सडक,गोगनपानी तल्लो सकिन्डाडा कृषि सडक,गैरा गांखेत सडक सरसफाई ,साथै वडा भित्रका अन्य सडक सरसफाईको काम गरिएको बताए । तेस्तै जलस्रोत तथा सिचाई तर्फ खलुवा सिचाई कुलो मर्मत,ऐरीखेत खानेपानी मर्मत योजना,चडपानी खानेपानी मर्मत योजना,देउबा गाउं मट्याल खानेपानी मर्मत योजना,निकाने दुन्ला खानेपानी ईन्टेक मर्मत योजना,निकाले तिमीलारुख नाउलो मर्मत योजना,सिरोटा खानेपानी निर्माण योजना,थक्लाडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न गरिएको हो । तेस्तै चपरचानी रष्टिक स्टोर शौचालय निर्माण,चित्रकोट प्राविमा शौचालय निर्माण,जनज्योती आवि सियलामा फर्निचर मर्मत,जनता प्र.वि. वन्तालमा फर्निचर मर्मत योजना,जनसेवा आमा समुहमा फर्निचर तथा भांडाकुडा खरिद,भुवनेश्वरी माध्यमिक विद्यालयमा रंगरोगन,,जस्ता कार्य समेत सम्पन्न गरिएको देउबाले बताए । वडाले विभिन्न लैंगिक समानता तथा सामाजिक समावेशिकरणका कार्य,कृषिमा एक बस्ती एक उत्पादन कार्य,स्वास्थ्यमा गाउंघर क्लिनिक संचालन साथै विभिन्न खेलकुदका कार्यक्रम समेत सम्पन्न गरिएको जानकारी दिए ।


तेस्तै वडाले पालिका र जिआइजेटको सहयोगमा लामीचौर रष्टिक स्टोर मर्मत योजना,,मेलखमली रष्टिक स्टोर निर्माण योजना , सिन्नेरी लिफ्ट सिचाई निर्माण योजना कार्य सम्पन्न गरिएको बताए । तेस्तै संघिय सरकारको सहयोगमा ७ लाख बरावरको बन्ताल खोलामा टटबन्ध निर्माण योजना पनि सम्पन्न गरिएको छ । प्रदेश सरकारबाट पनि वडामा करोडौका योजना सम्पन्न भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट १ करोड पचास लाखमा लामीचौर देउवागाउं हुदै वडा न. १ को उणीकोट पुग्ने सडकमा पनि काम भएको छ । तेस्तै १ करोड बराबरको लागतमा गैरा निकाने हर्तोला बन्ताल सडकको स्तर उन्नतिको काम पनि सम्पन्न भएको छ । प्रदेशकै १० लाखमा नापानी खडाह खानेपानी तथा मुहान संरक्षण योजना ,१० लाख बराबरको तल्लो नापानी उप्परकोट खानेपानी तथा मुहान संरक्षण योजना,१० लाखकै ठुलाखेत सिचाई योजना १० लाखकै हर्तोला खानेपानी सरसफाई योजना १५ लाख बराबरको कटौथला लिफ्ट खानेपानी योजना, १५ लाखकै कटोयला खानेपानी निर्माण योजना,१० लाखको बन्ताल खानेपानी योजना र १० लाखकै भुमिराज पार्क निर्माण योजना समेत सम्पन्न भईसकेको वडा अध्यक्ष देउबाले बताए ।
तेस्तै वडाले गरेका कामहरुको निरन्तर अनुगमन तथा मुल्यांकन गर्ने गरेको पनि बताए । राजनितिमा निकै निखारिएका मानिने देउबा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

You might also like
Leave A Reply

Your email address will not be published.