डडेल्धुराको परशुराममा चट्याङ लागेर एक युवाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका अन्दाजी ४० वर्षीय अम्मरबहादुर विष्टको मृत्यु भएको वडाध्यक्ष राजकुमार भाटले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

विष्ट आइतबार बाख्रा चराउन स्थानीय धरमपानी सामुदायीक वनमा गएका थिए।

तर साँझ बाख्रा मात्रै घर आएपछि स्थानीयले विष्टको खोजी सुरू गरेका थिए। उनी आज बिहान सोही जंगलमा मृत फेला परेको वडाध्यक्ष भाटको भनाइ छ। स्थानियका अनुसार हिजो दिउसो अबिरल बर्षासंगै चट्याङ समेत परेको थियो , मृतक विष्टको सोहि चट्याङबाट मृत्यु भएको हुनसक्ने आशंका गरिएको हो । मृतक बिष्टको कपडा चट्याङका कारण जलेको समेत वडा अध्यक्ष भाटले जानकारी दिएका छन् ।

अहिले इलाका प्रहरी कार्यालय जोगबुडाबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.