सेतीमा ट्याक्टर दुर्घटना:दुई जना बेपत्ता,३ जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङः बझाङमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको दुर्गाथली गाउँपालिको झनाना बजार नजिकै आज बिहान ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर सेती नदीमा खसेर २ जना बेपत्ता भएका छन्।

Dadeldhura Hospital

तीन जना भने ट्याक्टरबाट हामफालेर जोगिएका छन् भने दुई जना ट्याक्टरसँगै सेतीमा खसेका छन्। हामफाल्दा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। विहान ९ः ३५ बजे दुर्गाथली गाउपालिका–२ झनना स्थित जयपृथ्वी राजमार्गमा मौरीबगरबाट झननातर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर जोशीले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भेरी नगरपालिका–२ जाजरकोटका २० वर्षीय संजय बुढाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल सेती नदीमा खसेको उनले बताए। चालकसहित २ जना बेपत्ता भएका छन्। ३ जना घाइते भएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.