बझाङमा जग्गादातालाई प्रहरीको सम्मान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङ :अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराउने नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय बझाङमा आज आयोजित कार्यक्रममा उनीहरुलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा हस्ताक्षरित प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीका अनुसार अस्थायी प्रहरी पोष्ट झोताका लागि नन्दादेवी, कृष्णबहादुर र पूर्णबहादुरले जग्गा दान गरेका थिए।

प्रहरी प्रमुख भण्डारीले जिल्ला प्रहरी कार्यालय चैनपुर, इलाका प्रहरी कार्यालय बुङ्गल र प्रहरी चौकी मेलविसौना तलकोटबाहेक अन्य स्थानमा भाडामै बस्नुपरेको बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.