सुदूरपश्चिमका अर्थमन्त्री थापाले गरे ६५ वर्षको उमेरमा विवाह

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले ६५ वर्षको उमेरमा विवाह गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले शुक्रबार विवाह गरेका हुन्।
मन्त्री थापाले कञ्चनपुर सिसैयाकी भावना बिष्टसँग विवाह गरेका हुन्। यसअघि उनी अविवाहित नै बसेका थिए। उनी प्रदेश सभा सदस्यको निर्वाचन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए। उनी भीमदत्त नगरपालिका–६ का स्थायी बासिन्दा हुन् भने उनको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.