धनगढीमा मोटरसाइकल विङ्गरमा ठोक्किँदा एकजनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : कैलालीको धनगढीमा मोटरसाइकल विङ्गरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको त्रिभुवन चोक नजिक बुधवार बिहान कैलालीको चुरे गाउँपालिका–१ का ३० वर्षीय बालकृष्ण कँडेलको मोटरसाइकल विङ्गरमा ठोकिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीले त्रिभुवन चोकमा बा ०६–००४ प १६७७ नम्बरको मोटरसाइकल भे १ ज १३२६ नम्बरको विङ्गरसँग ठोकिएको बताएको छ।

गोदावरी नगरपालिका–३ का २८ वर्षीय धर्मराज भटराईको से ६ प ८७७७ नम्बरको स्कुटरसँग ठोकिएको मोटरसाइकल अनियन्त्रित भएर विङ्गरमा ठोकिएको कैलाली प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार कँडेलको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालको शव गृहमा उनको शव राखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.