आशा मृत्यु प्रकरण,पक्राउ परेका बोगटीमाथी कसरी हुँदै छ अनुसन्धान!

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–२ की आशा मल्ल मृत्यु प्रकरण बारे प्रहरीको अनुसन्धान जारी छ।

प्रहरीले उनको मृत्यु शंकाष्पद भन्दै आलिताल गाउँपालिका–१ का हेम प्रकाश बोगटीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

आशा गत शुक्रबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरी स्रोतका अनुसार मृतक युवती र बोगटी एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए।

बोगटी विवाहित पुरुष हुन्। आशाले आत्महत्या गर्नुभन्दा पूर्व सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा बुढाबुढी भन्दै फोटो हालेकी थिइन्।

उनले प्रेममा धोका पाएर मृत्यु वरण रोजेको हुनसक्ने आशंका गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.