डडेल्धुरामा १० दिने उद्यमशीलता विकास तालिम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुरामा १० दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ।

उधम गरौ ,स्वरोजगार बनौ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको  दश दिने  तालिम आज विहिबार समापन भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पुस १६ देखि २५ पुस सम्म सञ्चालित तालिममा अमरगढी नगरपालिका  , गन्याधुरा गाउँ पालिका,अजयमेरु र नवदुर्गा गाउँ पालिकाका जम्मा २० जनाको सहभागी रहेको थियो ।

तालिमले व्यवसायिक सीप विकास गर्दै स्थानीय युवा तथा विपन्न वर्गहरूलाई स्वरोजगारका अवसरबारे जानकारी दिने उद्देश्य राखिएको घरेलु कार्यालयका प्रमुख केशव बहादुर भण्डारी बताए ।

सहभागीहरूले तालिमबाट निकै महत्वपूर्ण सीपहरू सिकेको बताउँदै आगामी दिनमा सिकाइलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।

रोजगारी सृजनामार्फत दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम सञ्चालन गरिएको समेत उनको भनाइ छ। कार्यक्रमका मुख्य प्रशिक्षकको रुपमा  जाेगराज ऐर र किशोर कैनी रहेका थिए।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.