दार्चुलामा स्काइभेटर महाकाली नदीमा खस्यो, चालक बुढामगर घाइते

sc mahendra

दार्चुला  : दार्चुला जिल्लाको महाकाली नगरपालिका–५ ठण्याभिरमा स्काइभेटर दुर्घटना हुँदा चालक रेशम बुढामगर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, आज बिहान ५ बजे स्काइभेटरले काम गरिरहेको समयमा माथिबाट पहिरो खसेर उक्त स्काइभेटर सहित चालक महाकाली नदी किनारमा खसेका थिए।

घटना भएपछि तत्कालै डिएसपी प्रकाश दाहाल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले स्काइभेटर र चालकलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ।

बिहानै महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, र शसस्त्र प्रहरी बलका एसपी हर्कराज पन्त पनि घटनास्थल पुगेका थिए।

हाल घाइते चालक बुढामगरको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। उनका स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

पहिरो जोखिम रहेका क्षेत्रमा काम गर्दा सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न प्रहरी प्रशासनले सबैलाई आग्रह गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.