रेल दुर्घटनामा परी एकै परिवारका तीन नेपालीको मृत्यु

sc mahendra

१२ माघ,– भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेशन नजिकै भएको रेल दुर्घटनामा एकै परिवारका तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ।

अछामको पञ्चलदेव विनायक नगरपालिका–४ का ४४ वर्षीय नन्दराम विश्वकर्मा, उनकी पत्नी ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, र ११ वर्षीय कान्छा छोरा हिक्मत विश्वकर्माको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हर्क बहादुर बडुवालले पुष्टि गरेका छन्।

नन्दराम रोजगारीका लागि भारतमा कार्यरत थिए। उनी यसपटक श्रीमती र छोरालाई भारत लैजान नेपालगञ्जसम्म आएका थिए। सोही क्रममा रेल दुर्घटनामा परेका उनीहरूको घटनास्थलमै मृत्यु भयो।

सोही दुर्घटनामा अछामका ६० वर्षीया जोक्ला उर्फ कला कामीको पनि ज्यान गएको छ। परराष्ट्र मन्त्रालयका अनुसार, उक्त दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको छ, जसमा अछामका चार, कैलालीका दुई, र बाँकेका एक जना रहेका छन्।

रेल दुर्घटना गत ९ माघ साँझ करिब ५ः०५ बजे भएको थियो। मृतकहरूको भारतमै दाहसंस्कार गरिएको छ। अन्य पाँच नेपाली भने सोही डब्बाबाट बाँच्न सफल भएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.