जन्ती जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

sc mahendra

कैलाली :कैलालीको चुरे गाउँपालिका–४ कटौजेमा जन्ती जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–१ का ५० वर्षीय बज्जिरे औजीको शुक्रबार दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रहरीका अनुसार औजी जन्तीमा जाने क्रममा बाटोमा चिप्लिएर भिरबाट खसेका थिए। घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ।

यो घटनापछि स्थानीयबासीमा शोकको माहोल छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.