आ*त्म घा*ती गोली प्रहारबाट घाइते प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर,  – सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत २८ वर्षीय प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ। विष्टले गत माघ ९ गते ड्युटीमा रहेका बेला आफैंलाई गोली प्रहार गरेका थिए।

Dadeldhura Hospital

गोली लागी गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि कैलालीस्थित निसर्ग अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। विष्टको टाउकोमा गोली लागेर गम्भीर चोट लागेको थियो

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरी जवानहरूबाट भइरहेका आत्मघाती घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो। प्रहरी मनोबल र मानसिक स्वास्थ्यप्रति ध्यान केन्द्रित गर्नुपर्ने आवाज उठिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.