भागी विवाह गरेका जोडी मृत भेटिए

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सुर्खेत : रुकुम पश्चिममा केही दिनअघि भागी विवाह गरेको एक जोडी मृत फेला परेको छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शनिबार बिहान उक्त जोडी मृत फेला परेको हो।

प्रहरीका अनुसार केही दिनअघि भागी विवाह गरेका जिल्लाको त्रिवेणी गाउँपालिका(४ खुम्चेरीका वर्ष १९ का लोकेन्द्र खड्का र वर्ष १९ की सपना पुन मगर मृत भेटिएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले सोही गाउँपालिकाको वडा नम्वर ६ मा घर भएकी सपनालाई लोकेन्द्रले केही दिनअघि भगाएर विवाह गरेका कुरा स्थानीयले बताएको जानकारी दिए।

साथै डिएसपी विष्टले शनिबार बिहान करिब ९ बजेको समयमा लोकेन्द्रको घरमा दुवै जना मृत फेला परेको बताए।

डिएसपी विष्टकाअनुसार लोकेन्द्रको शव झुण्डिएको अवस्थामा फेला परेको छ। घटनाको थप अनुसन्धान भइरहेको बताउँदै विष्टले आफन्तहरू आएपछि विस्तृत अनुसन्धान थाल्ने बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.