कैलालीमा छाउगोठमा सुतिरहेकी महिलामाथि बाघको आक्रमण, घाइतेको अवस्था खतरामुक्त

sc mahendra

धनगढी : छाउगोठमा सुतिरहेकी महिलामाथि बाघको आक्रमण, घाइतेको अवस्था खतरामुक्त

कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी ४० वर्षीया सरस्वती विक छाउगोठमा सुतिरहेको बेला बाघको आक्रमणमा परेकी छिन्। घटना आइतबार राति करिब १०:३० बजे भएको हो।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघले विकको टाउको र मुखमा गम्भीर चोट पुर्‍याएको छ। गाउँलेहरूले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको थियो।

घाइते विकलाई लम्कीस्थित अस्पताल लैजाने तयारी भइरहेको र उनको अवस्था खतरामुक्त रहेको अध्यक्ष उपाध्यायले जानकारी दिएका छन्।

यस घटनाले छाउपडी प्रथासँग जोडिएको जोखिम र वन्यजन्तुको आक्रमणको सम्भावनालाई पुनः सतहमा ल्याएको छ। स्थानीय जनप्रतिनिधिले यस घटनापछि छाउपडी प्रथाको अन्त्य र सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.