बाजुरामा छाउगोठ भत्काउने अभियान पुनः सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बाजुरा : बाजुरामा छाउगोठ भत्काउने अभियान पुनः सुरु भएको छ।

जिल्लामा महिनावारी भएका महिलाहरूलाई अलग्गै राख्ने परम्परा कायमै रहेको भन्दै छाउगोठ उन्मूलनका लागि जिल्ला प्रहरी कार्यालय बाजुराले सोमबारदेखि अभियानलाई पुनः सुरु गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलीपकुमार गिरीका अनुसार बुढीगङ्गा नगरपालिकामात्रै हालसम्म २९ वटा छाउगोठ भेटिएका छन्। उनले स्थानीयको रोहबरमा ती गोठ भत्काउने तयारी गरिएको जानकारी दिए। अनुगमन गर्दा २९ वटा छाउगोठ भेटिएको छ। स्थानीयले आफैं भत्काउने प्रतिबद्धता जनाएका छन्। यदि केही दिनभित्र भत्काइएन भने हामी आफैं भत्काउने छौं, गिरीले बताए।

Dadeldhura Hospital

छाउप्रथा उन्मूलनका लागि जिल्लाका नौ वटै स्थानीय तहमा यो अभियानलाई विस्तार गरिने डिएसपी गिरीले बताए। स्थानीय जनप्रतिनिधि र महिला अधिकारकर्मीहरूले यस अभियानलाई समर्थन गर्दै छाउगोठ भत्काउने कामलाई दीर्घकालीन समाधानको पहलका रूपमा लिएका छन्।

विगतको दुःखद घटना

२०७५ पुस २५ गते बुढीनन्दा नगरपालिका–९, पाण्डुसैनमा छाउगोठमा सुतेको बेला आगलागी हुँदा ३५ वर्षीया अम्बा बोहरा र उनका दुई छोराहरूको ज्यान गएको थियो। यो घटनापछि विभिन्न स्थानीय तहमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो।

बुढीगङ्गाका स्थानीयले छाउगोठ भत्काउने अभियानलाई सकारात्मक रूपमा लिएका छन्। हामीले यो कुप्रथालाई अन्त्य गर्नैपर्छ। समाजमा महिलालाई सम्मानपूर्वक बस्न पाउने अधिकार दिलाउन हामी यो अभियानमा साथ दिन्छौं, स्थानीय एक अभियन्ताले भने।

सरकारी निकाय र विभिन्न गैरसरकारी संस्थाहरूले चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै समुदायलाई छाउप्रथाको हानिबारे सचेत गराउँदै आएका छन्। यो अभियानले अबको दिनमा महिलाहरूलाई सुरक्षित र सम्मानजनक वातावरण उपलब्ध गराउने विश्वास गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.