पेट्रोलियम पदार्थमा नयाँ मूल्य लागू, अब पेट्रोल र डिजेलको भाउ कति?

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको छ।

Dadeldhura Hospital

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४।५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ।

त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा १५७।५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.