काठमाडौँबाट कैलाली आउँदै गरेको बस लम्कीचुहामा दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः काठमाडौँबाट कैलाली आउँदै गरेको बस लम्कीचुहा–३ गोराङ्गेमा दुर्घटना भएको छ। मङ्गलवार ३० वर्षीय राजेन्द्रबहादुर कुवँरले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ख ००२ नम्बरको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा–३ गोराङ्गेमा दुर्घटना भएको हो।

Dadeldhura Hospital

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार दुर्घटनामा ३ जना यात्रु घाइते भएका छन्। घाईते हुनेमा दार्चुलाकी २२ वर्षीया सपना बोहोरा, कैलालीको धनगढी उपमहानगरपालिका-३ बस्ने ४२ वर्षीय राजु खड्का र भक्तपुर सुर्यविनायक नगरपालिका-१ बस्ने ४९ वर्षीय सुरेश कुमार पोखरेल रहेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घाईते तीनै जनाको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा ४० जना सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। चालकलाई चिसापानी प्रहरीले नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.