कैलालीमा आमा-छोरी मृत भेटिए

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : कैलालीमा आमा-छोरी मृत अवस्थामा भेटिएका छन्। जिल्लाको गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएका हुन्।

मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उनकाअनुसार दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

मृतक मिराका सहोदर देवर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घटनाका बेला उनकी सासु आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.