ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको हो।

ट्याक्टबाट खसेर जोशीपुुरकै सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो। बिहीवार साँझ ७ बजेतिर उनी ट्याक्टरबाट खसेर टायरमा च्याप्पिएकी थिइन्। उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.