माओवादी केन्द्रका नेता वर्षमान पछि नारायणकाजी भित्रिमधेश आउँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा :  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ डडेल्धुरा आउन लागेका छन्।
फागुन ४ गतेदेखि भित्री मधेस अन्तर्गत परशुराम नगरपालिका -४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोहमा सहभागी हुन श्रेष्ठ आउन लागेका हुन् ।

Dadeldhura Hospital

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरसिंह माल (डायमण्ड)का अनुसार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। सो अवसरमा चर्चित गायक छत्र शाही र काँजल जोशीलगायत अन्य कलाकारहरूको प्रस्तुति पनि रहने समेत आयोजकले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यसअघि माघ २३ गते माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त) डडेल्धुराको आलितालमा आयोजित गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्न आएका थिए। पुन फर्किएपछि नारायणकाजी श्रेष्ठको आगमन हुन लागेको हो।

उक्त कार्यक्रमले डडेल्धुराको सांस्कृतिक र शैक्षिक वातावरणलाई थप उत्साहपूर्ण बनाउने विश्वास विद्यालय व्यवस्थापनले लिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.