नेपाल बार काउन्सिलको निर्वाचन:सुदूरपश्चिममा कांग्रेस निकट कठायत विजयी

sc mahendra

डडेल्धुरा :नेपाल बार एसोसियसनको नेपाल बार काउन्सिल (नेपाल कानून व्यवसायी परिषद्को) सुदूरपश्चिम निर्वाचनमा नेपाली कांग्रेस निकट डीएलएका टेकबहादुर कठायत विजयी भएका छन्।

कठायतले एमाले निकट पीपीएलएका निरञ्जन बिष्टलाई पराजित गर्दै १४५ मत प्राप्त गरे भने बिष्टले १०८ मतमा सीमित भए।

विजयी टेकबहादुर कठायत डडेल्धुराको अमरगढी नगरपालिका-३, तल्लीपीडका स्थायी बासिन्दा हुन्। हाल उनी कञ्चनपुरमा बसोबास गर्दै आएका छन्।

परिषद्को निर्वाचनमा एमाले र माओवादी निकट कानून व्यवसायीहरुले तालमेल गरेका थिए। त्यसको सामना गर्न नेपाली कांग्रेस निकट डीएलए र नेकपा एस निकट एसपीएलएबीच चुनावी गठबन्धन बनेको थियो।

नेपाल बार काउन्सिलले वकिललाई लाइसेन्स वितरणदेखि तालिम सञ्चालन तथा नियमनको जिम्मेवारी लिन्छ। काउन्सिलका मतदाता लाइसेन्सप्राप्त र नवीकरण गरिएका सबै कानून व्यवसायी हुन्।

बार काउन्सिलको अध्यक्ष महान्यायाधिवक्ता र उपाध्यक्ष नेपाल बारका अध्यक्ष हुने प्रावधान छ।

You might also like
Leave A Reply

Your email address will not be published.