आलितालमा सम्पन्न खेलकुद प्रतियोगिताका सहभागी खेलाडीलाई वडा नं ५ को सम्मान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउँपालिकामा सम्पन्न पाँचौं अध्यक्ष/उपाध्यक्ष भलिबल तथा क्रिकेट कप प्रतियोगितामा सहभागी भएका खेलाडीहरूलाई वडा नं. ५ भावरले सम्मान गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आज आयोजित औपचारिक कार्यक्रममा खेलाडीहरूको योगदानको कदर गर्दै खादा, माला र नगद पुरस्कार सहित सम्मान गरिएको हो।

कार्यक्रममा वडाका सचिव नरेन्द्र रानामगरले खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा खेल क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता जनाए। उनले खेल स्वास्थ्यको अपरिहार्य पाटो भएको भन्दै खेलाडीहरूको निरन्तर मेहनतलाई प्रोत्साहन गर्न वडाले सधैं तयार रहने बताए।

Dadeldhura Hospital

वडा अध्यक्ष डम्मर ढाँटले प्रतियोगितामा उपविजेता बन्नु गौरवको विषय भएको उल्लेख गर्दै वडाबाट खेलाडी उत्पादन हुन थालेकोमा खुशी व्यक्त गरे। उनले भलिबल र क्रिकेट खेलमा वडाले नयाँ अभ्यास थालेको र भविष्यमा खेलकुदको सुधारमा विशेष ध्यान दिने बताए।

उनले खेलाडीहरूलाई अनुशासनमा रहि मेहनत गर्न आग्रह गर्दै खेलकुदका कार्यक्रमहरूलाई प्राथमिकता दिन आगामी वर्षमा बजेट विनियोजन गर्ने घोषणा गरे। भलिबलमा वडाका खेलाडीहरूले विभिन्न विधामा सफल भएका छन्, जसमा बेस्ट ब्लकर, बेस्ट लिफ्टर, बेस्ट प्लेयर र बेस्ट डिफेन्सरका उपाधिहरू प्राप्त गरेका छन्।

माघ २३ देखि २६ गतेसम्म आलितालको घुम्ती खेलमैदानमा सम्पन्न प्रतियोगितामा वडा नं. ५ पुरुष भलिबलतर्फ द्वितीय स्थानमा रहेको थियो भने महिला भलिबल र क्रिकेटतर्फ उपाधि हासिल गर्न असफल भए पनि खेलाडीहरूको प्रदर्शन प्रशंसनीय रहेको बताइयो।

कार्यक्रमले खेलाडीहरूको मनोबल उच्च बनाउने र आगामी प्रतियोगिताहरूमा थप उत्कृष्ट प्रदर्शनका लागि प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.