अर्जुन ट्रफीको उपाधि अत्तरियाले जित्याे

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि अत्तरियाले जितेको छ। धनगढीको फाप्लामा सोमवार फाइनलमा फेण्ड्स क्लब डडेल्धुरालाई स्तब्ध पार्दै सिबाईसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेको हो। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३४ रनले डडेल्धुरालाई पराजित गर्दै अत्तरियाले उपाधि जितेको छ।

जितका लागि ११९ रनका मध्यम स्कोर पछ्याउने क्रममा डडेल्धुरा १८ ओभरमा अलआउट हुँदै ८४ रन मात्रै बनायो। ११९ रनको लक्ष्य पछ्याउन क्रममा डडेल्धुराका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाएका थिए। यस्त,ै कुशल भुर्तेलले २०, अशोक धामीले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहरो अङ्कको रन बनाउन सकेनन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरालाई लक्ष्यमा पुग्नको लागि रोक्न अत्तरियाका साहब आलम र दीपेश कँडेलले समान ३÷३ विकेट लिएका थिए। त्यस्तै कमल गुप्ता र विवेक यादवले समान २–२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो।
अत्तरियाका लागि रसिद खानले सर्वाधिक ३१ रन बनाएका थिए। त्यस्तै सन्तोष कार्की र शङ्कर रानाले समान २०–२० रन बनाउँदा सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११, भीम सार्कीले १० रन बनाए।

डडेल्धुराका लागि अभिषेक गौतमले ४ विकेट लिएका थिए। यस्तै अजय चौहान र कुशल भुर्तेलले पनि एक एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए।

प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.